चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 514 of 1153
  • 2026-11-23
  • 08:48:57
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आठ दलको एकतापछि पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने

काठमाडौँ– नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ। प्रज्ञाभवन कमलादीमा जारी माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन्। चुनाव चिन्ह पाँचकुने तारा रहने पहिले नै आठ दलबिच सहमति भइसकेको छ। आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबिच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन। भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी एकता घोषणा हुँदैछ।

News by आठ दलको एकतापछि पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने :