लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 20:35:14
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. अक्षय तृतीय कहिले पर्छ ?

    A. ज्येष्ठ शुक्ल तुतीय B. भाद्र शुक्ल तुतीय C. बैशाख शुक्ल तुतीय D. अशोज शुक्ल तुतीय

    2. कुन जोडा गलत छ ?

    A) Kala Azar – Leishmania donovani B) Malaria – Plasmodium Vivax

    C) Bird Flu – H5N1 D) Common Cold – Retro Virus

    3.’A Brief History at Time’ नामक चर्चित पुस्तक कुन चर्चित वैज्ञानिकद्धारा तयार पारिएको हो ?

    A. सर आईज्याक न्युटन B. स्टेफेन विलियम हकिन्स C. जोन डाल्टन D. माईकल फराडे

    4. सञ्चार र स्थापना वीच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।

    a. DTH 1. वि.सं. २०४२

    b. ADSL 2. वि.सं. २०६२

    c. STD 3. वि.सं. २०६८

    d. CDMA 4. वि.सं. २०६७

    A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a3,b2,c4,d1 D) a3,b4,c1,d2

    5. नेपालमा प्रत्येक वर्ष जेठ १५ मा नेपालको बजेट ल्याउनुपर्ने व्यवस्था संविधानको कुन धारामा उल्लेख गरिएको छ ?

    A. ११५ B. ११७ C. ११९ D. १२०

    6. भीमसेन थापाले नेपाललाई कति जिल्लामा बाँडेका थिए ?

    A. ३५ जिल्ला B. ४० जिल्ला C. ३२ जिल्ला D. ३९ जिल्ला

    7. ”Cosmology ” तलका मध्ये कुन सँग सम्बन्धित छ ?

    A. वनस्पतिहरुको अध्ययन B. प्रकृति र विश्व ब्रहमाण्डको अध्ययन

    C. अपराध र अपराधी सम्बन्धी अध्ययन गर्ने विज्ञान D. माटोको बारेमा अध्ययन

    8. सन् २०२५ मा ISO 27001:2022 प्रमाणपत्र प्राप्त गर्न सफल नेपाली बैंक कुन हो ?

    A) Nabil Bank B) Kumari Bank C) Siddhartha Bank D) Global IME Bank

    9.First BIMSTEC Business Summit कहाँ सम्पन्न भएको थियो ?

    A. नेपिटको म्यानमार २०२४ अगष्ट ६-८ सम्म B. कोलम्बो, श्रीलंका, २०२४ मे ६-८ सम्म

    C. भारतको नयाँ दिल्ली, २०२४ अप्रिल ६-८ सम्म D. भारतको नयाँ दिल्ली, २०२४ अगष्ट ६-८ सम्म

    10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।

    a. आर्किमिडिज 1. Wizard of Menlo park

    b. ग्यालिलियो ग्यालिलि 2. Multiple Proportion

    c. जोन डाल्टन 3. The Starry messenger

    d. थोमस एल्वा एडिसन 4. π 22/7

    A) a4,b3,c1,d2 B) a4, b3,c2,d1 C) a3,b4,c1,d2 D) a2,b4,c1,d4

    11. तलका भनाई अध्ययन गर्नुहोस् ।

    A. जाति हत्या अपराधको रोकथाम र सजाय सम्बन्धि महासन्धिमा नेपालले १७ जनवरी १९६९ मा अनुमोदन गरेको हो ।

    B. दासत्व महासन्धिमा नेपालले ७ जनवरी १९६३ मा अनुमोदन गरेको हो ।

    C. A B दुवै ठीक

    D. A B दुवै बेठीक

    12. प्रशासकीय पुनगर्ठन योजना आयोग, २०१३ ले गरेका सुझावहरुमा कुन पर्दैन् ?

    A. निजामती सेवा ऐन, र निमायलीको तर्जुमा B. प्रशासकीय अदालतको उमेरको हद ५५ वर्ष तोक्ने

    C. वडा हाकिमको दिग्दर्शन D. जिल्ला पुनगर्ठन आयोगको गठन

    13. राष्ट्रिय योग दिवस, २०८१ को नारा के रहेको थियो ?

    A. “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग B. “गरौँ योग, रहौँ निरोग“

    C. “सर्वाङ्गीण विकासका लागि योग” D. “योगबाट निरोगी रहौ, स्वस्थ समाज बनाऔ“

    14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।

    a. ईम्जा हिमताल 1. रुपेन्दही

    b. तीलखुवा झरना 2. सोलुखुम्बु

    c. बराह ताल 3. अर्घाखाँची

    d. गैडा ताल 4. बाग्लुङ

    A) a3,b1,c2,d4 B) a1,b2,c3,d4 C) a2,b3,c4,d1 D) a3,b4,c1,d2

    15. विश्वमै सबैभन्दा उच्च स्थानबाट बग्ने नदी कुन हो ?

    A. वरुण नदी B. अरुण नदी C. तमोर D. त्रिशुली

    16. कोशी नदीका सहायक नदीहरु पश्चिमबाट पूर्वको क्रम तलका मध्ये कुन सही छ ?

    A. तमोर, अरुण, दुधकोशी, लिखु, तामाकोशी, सुनकोशी, ईन्द्रावती

    B. ईन्द्रावती, सुनकोशी, तामाकोशी, लिखु, दुधकोशी, अरुण, तमोर

    C. तमोर, अरुण, दुधकोशी, लिखु, तामाकोशी, ईन्द्रावती, सुनकोशी

    D. तमोर , अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, ईन्द्रावती, लिखु

    17. नेपालको क्षेत्रफल १,४७, १८१ वर्ग कि.मि. कहिले देखि कायम भएको हो ?

    A. वि.सं. २०३० B. वि.सं. २०३५ C. वि.सं. २०४० D. वि.सं. २०३६

    18. कोईलाको लागि प्रसिद्ध स्थान कुन हो ?

    A. अछाम B. मनाङ C. दैलेख D. चतरा, सुनसरी

    19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।

    महासागर विशेषता

    a. प्रशान्त 1. उत्तर धु्रवीय

    b. कुमेरु 2. धेरै टापु

    c. हिन्द 3. Ocean of Moonsoon

    d. सुमेरु 4. चिसोपानीको महासागर

    A) a2,b4,c3,d1 B) a2,b1,c3,d4 C) a1,b2,c4,d3 D) a1,b2,c3,d4

    20. “ल्याडोगा ताल” कुन देशमा अवस्थित रहेको छ ?

    A. जापान B. फ्रान्स C. इटाली D. रुस

    उत्तरहरूः

    1. C 11. C
    2. D 12. B
    3. B 13. A
    4. D 14. C
    5. C 15. B
    6. D 16. B
    7. B 17. D
    8. A 18. D
    9. D 19. A
    10. B 20. D

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100