चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 663 of 1153
  • 2026-11-23
  • 06:56:50
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने

काठमाडौं- प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दै छ। दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए। यसअघि, गएको भदौ २९ गते प्रतिनिधिसभा बैठक बसेको थियो।

News by प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने :