चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 252 of 1152
  • 2026-11-22
  • 06:37:16
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा नेपालको जोड

काठमाडौँ– नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ। बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ। राष्ट्रसंघीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्य सन् २०३० पछिका लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसंघीका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य ९एसडिजी० कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताए। उनले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र होइन, साझेदारी र ऐक्यबद्धतामार्फत अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, स्थानीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उनको भनाइ थियो। स्थायी प्रतिनिधि थापाले आज गरिने निर्णयहरूले आगामी पुस्ताका लागि प्रभावकारी र परिणाममुखी बहुपक्षीय प्रणाली निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

News by राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा नेपालको जोड :