कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित - Chaitanya News
  • 2026-06-03
  • 16:01:09
  • बुधबार,जेठ २०, २०८३
  • कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित

    कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित

    काठमाडौँ– संघीय संसद् अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्यविधि सर्वसम्मत रूपमा पारित गरेको छ।

    आज (बुधबार) सिंहदरबारमा बसेको समितिको बैठकमा दफावार छलफलपछि उक्त कार्यविधि स्वीकृत गरिएको हो। छलफलका क्रममा सदस्यहरूले दिएका सुझावहरू समेट्दै अन्तिम रूप दिइएको समितिले जनाएको छ।

    समितिकी सभापति समीक्षा बास्कोटाका अनुसार प्रतिनिधि सभा नियमावलीमा गरिएको नयाँ व्यवस्थालाई समेत कार्यविधिमा समावेश गरिएको छ। उनले सबै सदस्यबाट प्राप्त सुझावलाई समेटेर विस्तृत छलफलपछि सर्वसम्मत निर्णय गरिएको जानकारी दिइन्।

    बैठकमा बोल्दै उनले मस्यौदालाई परिमार्जनसहित पारित गरिएको उल्लेख गर्दै कार्यविधि समिति सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको बताइन्।

    बैठकका क्रममा सांसदहरूले संवैधानिक आयोगका प्रतिवेदनहरूको कार्यान्वयन सुनिश्चित गर्न सरकारमाथि दबाब बढाउनुपर्ने धारणा पनि राखेका थिए।