चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1099
  • 2026-10-03
  • 04:45:38
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

युवाको भूमिकाले मात्रै समुन्नत राष्ट्र निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मुनत राष्ट्र निर्माणमा युवाको भूमिका अग्रणी रहने बताएका छन्। राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश विकासको अभियानमा जुट्न युवालाई आग्रह गरेका हुन्। प्रधानमन्त्री देउवाले भने, ‘युवा वर्गमा जीवन उपयोगी सिकाइ आवश्यक छ। देश विकासको अभियानमा युवाको भूमिका महत्वपूर्ण हुन्छ। युवा वर्गको योगदानलाई कदर गर्नुपर्छ।’ युवा वर्गको समग्र हक अधिकारलाई व्यवस्थित तवरले अघि बढाउनुपर्ने बताए। अन्तरपुस्तागत सहकार्य आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ। उनले समतामुलक शान्तिपूर्ण समाज निर्माण आवश्यक रहेको बताए।

News by युवाको भूमिकाले मात्रै समुन्नत राष्ट्र निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री देउवा :