काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछिको पाँच वर्ष मुलुकको ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन्।
आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि काठमाडौं– ४मा उम्मेदवारी दर्तापछि उनले यस्तो बताएका हुन्।
ड्राइभिङ सिटमा अब आफैं बस्ने हो। अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो। फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने।
निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए। जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताए।