चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1085 of 1099
  • 2026-10-03
  • 06:20:39
  • शनिबार,आश्विन १७, २०८३

About Author

बागमती प्रदेशका प्रमुख शर्माद्वारा ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौं– बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले सोमबार नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभा बैठकबाट पारित भई आएको विभिन्न ३ वटा विभिन्न विधेयकलाई प्रमाणीकरण गरेका हुन्। प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार प्रदेश प्रमुख शर्माले प्रदेशसभा सचिवालयबाट प्रमाणीकरणको लाग प्राप्त भएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ लाई प्रमाणीकरण गरेका छन्। त्यस्तै प्रदेश प्रमुख शर्माले प्रदेश अनुसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक–२०७९ लाई प्रमाणीकरण गरेका प्रवक्ता आचार्यले बताए। प्रमाणीकरण भएका विधेयकहरु आगामी केही दिनमा नै राजपत्रमा प्रकाशन हुने र कार्यान्वयनको चरणमा जाने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयले सो विधेयकहरुलाई राजपत्रमा प्रकाशनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने जनाएको छ।

News by बागमती प्रदेशका प्रमुख शर्माद्वारा ३ वटा विधेयक प्रमाणीकरण :