चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 291 of 1153
  • 2026-11-23
  • 04:58:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपाको सुझाव

काठमाडौँ– रास्वपा सांसद अमृता विकले सरकारलाई निर्णय प्रक्रिया अघि बढाउँदा शक्ति पृथकीकरण र कानुनको शासनका मूल मान्यताप्रति संवेदनशील हुन सुझाव दिएकी छन्। प्रतिनिधि सभामा धारणा राख्दै उनले सुशासन र जनअपेक्षालाई केन्द्रमा राखेर सरकारले अघि सारेका केही पहल सकारात्मक रहेको उल्लेख गरिन्। मुलुकको रूपान्तरणका लागि सरकारले चालेका कदमलाई स्वागतयोग्य भन्दै उनले निर्णय कार्यान्वयनका क्रममा संवैधानिक र कानुनी पक्षलाई पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्। सांसद विकले सरकारका केही निर्णय अदालतसँग बाझिने अवस्था देखिएको उल्लेख गर्दै हतारमा गरिएका निर्णयले अनावश्यक कानुनी जटिलता निम्त्याउन सक्ने बताइन्। उनले आगामी दिनमा कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व सिर्जना नहुने गरी आवश्यक तयारी र कानुनी आधार सुनिश्चित गरेर मात्र निर्णय लिन सरकारलाई सुझाव दिइन्।

News by कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपाको सुझाव :