विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल - Chaitanya News
  • 2026-09-04
  • 23:01:01
  • शुक्रबार,भाद्र १९, २०८३
  • विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

    केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियु मैदानमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

    नेपाल २६ खेलबाट २० अंकसहित अंकतालपकामा सातौँ स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको ३० खेलबाट ३८ अंक छ।

    नेपालको प्लेइङ ११:
    कुशल भुर्तेल, आसिफ शेख, इशान पान्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी छन्।