के छ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले संसदमा देखाएको पर्चामा ? - Chaitanya News
  • 2026-05-18
  • 12:28:03
  • सोमबार,जेठ ०४, २०८३
  • के छ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले संसदमा देखाएको पर्चामा ?

    के छ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले संसदमा देखाएको पर्चामा ?

    काठमाडौँ– प्रतिनिधिसभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ।

    आज (सोमबार) संसद सुरु हुनासाथ गरिएको प्रदर्शनका क्रममा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्दै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो।

    यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो। यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्द श्रम संस्कृति पार्टीलाई आग्रह गरेका छन्।