सन्दीपले तोडे अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान, बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी - Chaitanya News
  • 2026-05-18
  • 12:49:56
  • सोमबार,जेठ ०४, २०८३
  • सन्दीपले तोडे अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान, बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी

    सन्दीपले तोडे अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान, बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी

    काठमाडौं– नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन्। उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन्।

    आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन्। यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए। सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए।

    सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले नेपालका लागि ७३ ओभरमा १५१ विकेट लिइसकेका छन्। यस्तै उनले ब्याटिङमा पनि ५०० रन बनाएका छन्। यस्तै उनले ७४ टी–२० आई खेलमा १३६ विकेट लिएका छन्।