आज प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-05-18
  • 09:50:14
  • सोमबार,जेठ ०४, २०८३
  • आज प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    आज प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (सोमबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ।

    बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    यस्तै, आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।