भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग - Chaitanya News
  • 2026-08-17
  • 01:03:14
  • आइतबार,साउन ३१, २०८३
  • भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग

    भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग

    काठमाडौँ– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

    आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले आयोगका सदस्य लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न कसले किन रोक्यो सदनले जानकारी पाउनुपर्ने बताए।

    उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिले बनाएको आयोगको प्रतिवेदन अपूरो रहेको भन्दै पूरा गर्नुपर्ने समेत बताए।