चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 354 of 1153
  • 2026-11-22
  • 13:32:18
  • आइतबार,मंसिर ०७, २०८३

About Author

निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

काठमाडौं– साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य, तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ। गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ। पश्चिम एसियाली मुलुकमा बढेको द्वन्द्वले तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने चुनौती छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ। सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको भाउमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएसँगै मूल्यवृद्धि बढ्न थालेको छ। यहीं कारण विश्वव्यापी रुपमै ब्याजदर बढाउन दवाव पुगिरहेको छ, जसले सुनचाँदीको मूल्यलाई दवाव दिइरहेको छ। सोमबार चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ।

News by निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ? :