काठमाडौँ– मध्यपूर्वमा जारी युद्धकाबीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन्।
बीबीसीका अनुसार, खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन्।
बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेका छौं।’
गृह मन्त्रालयले नागरिकलाई आधिकारिक माध्यममा पाइने सूचनाको पालना गर्न पनि भनेको छ।यस्तै संयुक्त अरब इमिरेट (यूएई) को रक्षा मन्त्रालयले केही समय अघि देशको एयर डिफेन्स सिस्टम इरानबाट आइरहेका मिसाइल र ड्रोनको खतरालाई जवाफ दिइरहेको छ।
रक्षा मन्त्रालयले अहिले आइरहेको आवाज मिसाइल र ड्रोनहरू रोक्न खोजेका कारण आइरहेको दाबी पनि गरेको छ।
त्यस्तै कुवेतको सेनाले पनि केही समय अघि देशको एयर डिफेन्स अहिले सत्रुको मिसाइल र ड्रोन हमलाको सामना गरिरहेको छ। सेनाका जनरल स्टाफले विष्फोटको आवाज एयर डिफेन्स सिस्टमबाट सत्रुको आक्रमण रोक्नुको कारणले आइरहेको बताएको छ।
कुवेत सेनाले नागरिकसँग सम्बन्धित अधिकारीका तर्फबट जारी गरिएको सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।