महामन्त्री पौडेलले भने कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ? - Chaitanya News
  • 2026-09-28
  • 04:03:56
  • आइतबार,आश्विन ११, २०८३
  • महामन्त्री पौडेलले भने कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ?

    महामन्त्री पौडेलले भने कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ?

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजेड आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

    उनले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुबै भएको बताएका छन्। यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना भएको उनले बताए।

    महामन्त्री पौडेलले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले सार्वजनिक नगर्दा अनेक आशंका जन्माएको उल्लेख गर्दै भनेका छन्, ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ।’

    गत भदौ २३ र २४ गते भएको जेनजेड युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो।