नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा - Chaitanya News
  • 2026-03-29
  • 02:21:15
  • शनिबार,चैत्र १४, २०८२
  • नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

    नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

    काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ।

    आज (सोमबार) बिहान एन्फाले बिहान विज्ञप्ति जारी गर्दै खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ।

    साथै नेपालले हङकङ फुटबल संघलाई पठाएको पत्रमा नेपालका राजनीतिक तनावका कारण खेल रद्द भएको जानकारी गराएको थियो। तर, आइतबार साँझ नै राखेपले एन्फाको विज्ञप्तिको खण्डन गर्दै समयमै दशरथ रंगशालाको स्वीकृति दिएको र एन्फाले भ्रम फैलाएको जनाएको थियो । त्यसको भोलिपल्ट एन्फाले पेरि विज्ञप्ति निकाल्दै राखेपकै पत्रको खण्डन गरेको छ।

    एन्फाले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै राखेपले दशरथ रंगशाला उपलब्ध नगराएको भन्दै नेपाल र हङकङ बीचको खेल रद्द भएको जनाएको थियो।

    एन्फाका अनुसार खेल सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराउन भन्दै माघ १० गते नै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लाई पत्राचार गरिएको थियो। सो पत्र माघ ११ गते दर्ता भए पनि लामो समयसम्म कुनै लिखित स्वीकृति प्राप्त हुन नसकेको जनाएको छ।

    एन्फाले खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति आश्चर्य व्यक्त गरेको छ । चैत ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपको नियतमाथि प्रश्न उठाएको छ।

    एन्फाले हालसम्म कुनै पनि आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको स्पष्ट पारेको छ। साथै, प्रशासनिक ढिलाइका कारण उत्पन्न परिस्थितिप्रति सम्पूर्ण खेलप्रेमी नेपालीहरूसँग क्षमायाचना गरेको छ।

    एन्फाले यही चैत १३ गते झापामा तय गरेको अर्ली इलेक्सनका लागि राखेपले स्वीकृति नदिएपछि पछिल्लो समयमा खेलकुदको कार्यकारी निका राखेप र देशकै ठूलो खेलसंघ एन्फाबीचको टकराव बढेको छ।