आज विश्व जल तथा मौसम दिवस बिबिध कार्यक्रम गरी मनाइँदै - Chaitanya News
  • 2026-04-23
  • 09:12:10
  • बिहिबार,बैशाख १०, २०८३
  • आज विश्व जल तथा मौसम दिवस बिबिध कार्यक्रम गरी मनाइँदै

    आज विश्व जल तथा मौसम दिवस बिबिध कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ– आज विश्व जल तथा मौसम दिवस । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले दिवसको अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको जानकारी दिए।

    विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानबारे विश्वभर सचेतना फैलाउने गरिन्छ।