चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 333 of 1152
  • 2026-11-22
  • 11:53:54
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आर्थिक वर्ष २०८३–८४ को बजेट लेख्न समिति गठन

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू निर्धारण गर्ने मुख्य जिम्मेवारीसहित राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा समिति बनाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। उक्त समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूलाई सदस्यका रूपमा चयन गरिएको छ। समितिको सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा।सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्। यो समितिले मुख्य गरी आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्नेछ। सङ्घीय संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा लेखन कार्य पनि यसै टोलीले गर्ने छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्‌मा पेस गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा तयार गरी पेस गर्ने कार्यभार समेत यस समितिलाई तोकिएको छ।

News by आर्थिक वर्ष २०८३–८४ को बजेट लेख्न समिति गठन :