काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन र आम न्यायको प्रक्रियामा शहीद तथा घाइते परिवारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
लामिछानेका अनुसार न्यायको आवश्यकता सबैका लागि समान छ, तर आफ्ना सन्तान गुमाएका परिवार, विशेषतः आमाहरूको पीडा र आवश्यकता तत्काल सम्बोधन हुनुपर्छ।
उनले शहीद परिवार र घाइतेहरूलाई न्याय पाउने पहिलो अधिकार हुनु पर्नेमा जोड दिए।
सञ्चारकर्मीको प्रश्नमा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधका कारण पक्राउ गरिएको आरोपबारे, लामिछानेले जवाफ दिँदै न्याय प्रक्रिया परिवार र पीडित बालबालिकामाथि केन्द्रित हुनुपर्ने स्पष्ट गरेका छन्।
उनले आफ्नो पार्टीको निर्णय, गतिविधि र अभिव्यक्ति ‘पब्लिक अडिट’ अन्तर्गत नागरिकहरूले नजिकबाट निगरानी गरिरहेको उल्लेख गर्दै, सबै प्रक्रिया पारदर्शी र नागरिक अपेक्षाअनुरूप अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।