अमरेशकुमार सिंहले भने: सरकारले जनताको चाहनाअनुसार काम गर्छ - Chaitanya News
  • 2026-04-20
  • 17:49:41
  • सोमबार,बैशाख ०७, २०८३
  • अमरेशकुमार सिंहले भने: सरकारले जनताको चाहनाअनुसार काम गर्छ

    अमरेशकुमार सिंहले भने: सरकारले जनताको चाहनाअनुसार काम गर्छ

    काठमाडौं– रास्वपाका सांसद डा.अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन्।

    आज (शुक्रबार) संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन्।

    सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए।

    जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाइ थियो।

    उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरूलाई ३ महिनासम्म त्यसको सूक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गरे।

    ‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ। परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ। हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ,’ उनले भने, ‘म सम्पूर्ण सञ्चारकर्मीलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईंहरूले सूक्ष्म तरिकाले ३ महिना हेरिदिनुस्।’

    सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताए।