नेपाल प्रहरीमा असईदेखि डिएसपीसम्मका विभिन्न पदमा भर्ना खुल्यो, हेर्नूहोस् सूची - Chaitanya News
  • 2026-04-20
  • 17:49:42
  • सोमबार,बैशाख ०७, २०८३
  • नेपाल प्रहरीमा असईदेखि डिएसपीसम्मका विभिन्न पदमा भर्ना खुल्यो, हेर्नूहोस् सूची

    नेपाल प्रहरीमा असईदेखि डिएसपीसम्मका विभिन्न पदमा भर्ना खुल्यो, हेर्नूहोस् सूची

    काठमाडौँ– नेपाल प्रहरीमा असईदेखि डिएसपीसम्मको भर्ना खुलको छ । आज (शुक्रबार) नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गररी प्राविधिक प्रहरी समूहअन्तर्गत असईदेखि डिएसपीसम्मका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेकोहो ।

    मानव स्रोत विकास विभागअन्तर्गतको भर्ती छनोट शाखाले प्रा.प्र.ना.उ. (डिएसपी), प्रा.प्र.नि. (इन्स्पेक्टर), प्रा.प्र.ना.नि. (सई) तथा प्रा.प्र.स.नि. (असई) पदहरूमा आवेदन खुला गरिएको जनाएको हो।

    नेपाल प्रहरीका अनुसार सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, हातहतियार, विधि विज्ञान तथा स्वास्थ्यसम्बन्धी उपसमूहमा विभिन्न प्राविधिक पदहरूका लागि विज्ञापन गरिएको हो। इन्जिनियरिङ, कम्प्युटर, मेडिकल, बायोलोजी, रसायनलगायत विषयका जनशक्ति माग गरिएको छ।