काठमाडौँ– निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी आङदोर्जी लामाले भने ४१३ मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी भएका छन्। यस्तै, महासचिवमा शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका छन्।
कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए।
नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भए। आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गंगा पोखरेल विजयी भए भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भए। सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन्।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()