सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने, एमाले छलफलमा - Chaitanya News
  • 2026-06-16
  • 07:13:12
  • मंगलबार,आषाढ ०२, २०८३
  • सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने, एमाले छलफलमा

    सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने, एमाले छलफलमा

    काठमाडौं– नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।

    सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

    ‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने।

    नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन।

    एमालेका सांसद गुरुप्रसाद बरालले आफूहरू छलफलमा रहेको बताए।

    ‘हामी सचिवालय बैठक बस्दैछौं। उक्त बैठकपछि यो विषयमा एउटा निर्णयमा पुग्छौं,’ उनले भने।

    सभामुख पदमा रास्वपाका छलफलबाट डोलप्रसाद अर्यालको उम्मेदवारी परिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सिट रहेको छ। रास्वपाको सुविधाजनक बहुमत भएकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ।