चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1049 of 1111
  • 2026-10-10
  • 03:48:31
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

नेपाली कांग्रेसले हटायो कर्मा छिरिङको नाम समानुपातिकको बन्दसूचीबाट

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिक बन्दसूचीबाट कर्मा छिरिङको नाम हटाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नाम सूचीबाट हटेको बताएका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो। कांग्रेसमा शेखर कोइराला समूहले आफ्नो कोटाका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्दसूची संशोधन गरेको हो। आयोगको समानुपातिक निर्वाचन कार्यक्रमअनुसार बन्दसूची संशोधन गर्ने म्याद आइतबार सकिँदै छ। सूचीमा रहेका व्यक्तिले सोमबारसम्म आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ।  

News by नेपाली कांग्रेसले हटायो कर्मा छिरिङको नाम समानुपातिकको बन्दसूचीबाट :