सुनसरीका पूर्वमेयर द्वारिका चौधरी नेकपा माओवादीमा प्रवेश - Chaitanya News
  • 2026-04-18
  • 18:10:47
  • शनिबार,बैशाख ०५, २०८३
  • सुनसरीका पूर्वमेयर द्वारिका चौधरी नेकपा माओवादीमा प्रवेश

    सुनसरीका पूर्वमेयर द्वारिका चौधरी नेकपा माओवादीमा प्रवेश

    काठमाडौं– सुनसरीको इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। नेता चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन्।

    माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा आयोजित कार्यक्रममा आइतबार बिहान चौधरीसहितका नेता माओवादी प्रवेश गरेका हुन्।

    देवु सदा, जयराम सदा, पुरेक सदा, भूमिनारायण चौधरी, खुशीलाल चौधरी, सूर्यनारायण चौधरीलगायत नेता तथा कार्यकर्ता एमाले छोडेर माओवादी प्रवेश गरेका हुन्।