भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु - Chaitanya News
  • 2026-04-18
  • 18:11:02
  • शनिबार,बैशाख ०५, २०८३
  • भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु

    भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु

    क‍ाठमाडौं– भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको ट्रली खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको हो।

    भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको छ।

    उक्त ट्रयाक्टरमा ५० जना सवार थिए। जसमा २६ जनाको मृत्यु भएको छ भने बाँकी घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    ट्याक्टरमा सवार सवैजना फतेहपुरको चन्द्रीका देवी मन्दिरमा मुन्डन ९कपाल खौरीने० कार्यक्रममा सामेल भएर घाटमपुर फर्किरहेका थिए।

    घटनास्थलमै १२ जनाको र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले युद्धस्तरमा घटनास्थलमा उद्धार र राहतमा जोडिन निर्देशन दिइसकेका छन्।

    राष्ट्रपति दोपद्री मुर्मुले घटना दुखद् भएको भन्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। प्रधानमन्त्री मोदीले राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा पनि गरेका छन्।