महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै , सचेत हुन स्वास्थ्यकर्मीको आग्रह - Chaitanya News
  • 2026-04-18
  • 23:45:54
  • शनिबार,बैशाख ०५, २०८३
  • महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै , सचेत हुन स्वास्थ्यकर्मीको आग्रह

    महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै , सचेत हुन स्वास्थ्यकर्मीको आग्रह

    बर्दिबास– महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै गएको छ। नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटु परीक्षण गराउने मध्ये ७५ प्रतिशतको मुटुमा समस्या देखिएको थियो।

    ३०–३५ वर्ष उमेर समूहका युवा वर्गमा पनि मुटु रोगको लक्षण देखिनु चिन्ताजनक भएको चिकित्सकको भनाई छ। शिविरमा ३५ महिलासहित एक सय सात जनाले स्वास्थ्य परीक्षण गराएका थिए। प्रतिष्ठानका इन्चार्ज दीपक कार्कीका अनुसार शिविरमा मुटुसम्बन्धी निःशुल्क परीक्षण गरिएको थियो।

    परीक्षण गरिएकामध्ये ७५ प्रतिशत अर्थात् ३० जनाका मुटुमा समस्या देखा परेको थियो। ३० मध्ये २५ जना मुटु रोग लागेका र ५ जनामा यसको प्रारम्भिक लक्षण देखा परेको शिविरमा सेवा प्रदान गर्नु भएका डा. श्यामसुन्दर शाहीले बताए। मुटु रोग लागेका २५ जनामध्ये अधिकांश ५० नागेका रक्तचाप र मधुमेहको बिरामी थिए। डा शाहीका अनुसार मुटु रोग सामान्यता ४५ देखि ५० वर्षको उमेरमा देखा पर्नु पर्ने हो। तर ३० देखि ३५ वर्ष उमेरका पाँच जना युवामा पनि यसको लक्षण देखिनु चिन्ताजनक भएको उनले बताए।

    जथाभाबी खानपान, मदिरा र सुर्तीजन्य पदार्थको सेवन, सहज र सुविधा भोगी दिनचर्या तथा शारीरिक श्रम र ब्यायम कमीजस्ता कारण मुटु रोग बढ्दै गएको डा. शाहीको भनाई छ। रासायनिक मल र विषादी हालेका कृषि उत्पादनको प्रयोग, फलफूल, हरिया तरकारीको सेवनभन्दा जंकफुड र तरेका खानपान पनि मुटु रोगको कारण भएको उनको भनाई छ।