चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1080 of 1106
  • 2026-10-07
  • 15:44:04
  • बुधबार,आश्विन २१, २०८३

About Author

एमालेमा विद्रोह नगरेको भए देश अध्याँरो सुरुङमा गइसक्ने माधव नेपाल दाबी

काठमाडौं– नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य एक वर्षमै पुष्टि भइसकेको दाबी गरेका छन्। आफूहरूले एमालेबाट विद्रोह नगरेको भए देश अध्याँरो सुरुङमा गइसकेको हुने उनको जिकिर छ। पार्टीनिकट अनेरास्ववियुको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा र रुपान्तरणका लागि पार्टी पुनर्गठन गर्नुपरेको बताएका हुन्। ‘हामीले विद्रोह नगरेको भए नेपालको राजनीति अध्याँरो सुरुङभित्र जाने थियो, जनताको अधिकार समाप्त भई प्रतिगमन हाबी हुनेथियो’ नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनको रक्षाका र रुपान्तरण गर्नुपर्ने आवस्यकता महसुस गरेर पुनर्गठन गरेका थियौँ। नेता नेपालले मंसिरमा हुने चुनावमा पार्टीलाई विजयी बनाउन तयारी थाल्न पनि युवा, विद्यार्थी कार्यकर्तालाई निर्देशन दिए।

News by एमालेमा विद्रोह नगरेको भए देश अध्याँरो सुरुङमा गइसक्ने माधव नेपाल दाबी :