निर्वाचनपछि एमालेको बहुमतसहित सरकार बनाउने अध्यक्ष ओलीको दावी - Chaitanya News
  • 2026-06-05
  • 09:08:23
  • शुक्रबार,जेठ २२, २०८३
  • निर्वाचनपछि एमालेको बहुमतसहित सरकार बनाउने अध्यक्ष ओलीको दावी

    निर्वाचनपछि एमालेको बहुमतसहित सरकार बनाउने अध्यक्ष ओलीको दावी

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि बहुमतसहितको सरकार बनाइने दावी गरेका छन्।

    पार्टीको निर्वाचन परिचालन कमिटी घोषणा गर्दै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बताएका हुन्।

    उनले भने, ‘निर्वाचनलाई सहि ढंगले अघि बढाउन सचिवालय सकृय हुनुपर्छ। बहुमतसहितको सरकार बनाउँछौं। एमालेको बहुमतको सरकार आवश्यक छ।’

    प्रदेशमा पनि निर्वाचन परिचालन कमिटी गठन गरिने बताए । उनले निर्वाचन प्रयोजनका लागि प्रदेश, जिल्ला, वडामा परिचालन कमिटी गरिने बताए। पहिले मतदाता नभएका कमसेकम दुईजना मतदाता थप्ने अभियानलाई अघि बढाउन निर्देशन दिए।