कांग्रेसले आजदेखि २४ गतेसम्म देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै - Chaitanya News
  • 2026-06-05
  • 09:08:23
  • शुक्रबार,जेठ २२, २०८३
  • कांग्रेसले आजदेखि २४ गतेसम्म देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

    कांग्रेसले आजदेखि २४ गतेसम्म देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

    काठमाण्डौ– नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ।

    आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो।

    अभियानअन्तर्गत तीन चरणमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्। पहिलो चरणमा आजदेखि २४ गतेसम्म नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम छ। दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि अभियान चल्नेछ।

    अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ। यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गइ जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन्।

    अभियानमा नागरिकका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ।