काठमाडौं–नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना सदस्यलाई सपथ ग्रहण गराएको छ। पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बस्नुअघि सपथ ग्रहण गराएका हुन्।
भदौ ७ गते बसेको सचिवालय बैठकले जीवन गौतम ९दाङ०, बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा ९स्याङ्जा० र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।