विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले दिए राजीनामा - Chaitanya News
  • 2026-06-05
  • 09:08:04
  • शुक्रबार,जेठ २२, २०८३
  • विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले दिए राजीनामा

    विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले दिए राजीनामा

    काठमाडौं– विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। उनीहरुले आइतबार पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका हुन्।

    पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै उनीहरुले पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेको बताएका छन्।

    पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धरले राजीनामा दिएका हुन्।