चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 26 of 1151
  • 2026-11-21
  • 10:43:41
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सरकारविरुद्ध विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कांग्रेसको प्रयास

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध विपक्षी दलहरूलाई एकजुट बनाउने पहल थालेको छ । विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमाथि असर पर्ने गरी सरकार अघि बढे त्यसको प्रतिवाद गर्न साझा मोर्चा निर्माण गर्ने कांग्रेसको तयारी छ । सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले अन्य विपक्षी दलहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको हो । बैठकपछि दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका कदमविरुद्ध साझा धारणा र रणनीति बनाउन सोमबार दिउँसो १ बजे विपक्षी दलहरूको बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार पछिल्लो समय चर्चामा रहेको अदालत, बिचौलिया र प्रहरी प्रशासनसँग सम्बन्धित विषयमा समेत विपक्षी दलहरूसँग छलफल हुनेछ । उक्त विषयमा साझा धारणा बनाएर आवश्यक संयुक्त कदम चाल्ने कांग्रेसको योजना रहेको उनले बताए।

News by सरकारविरुद्ध विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कांग्रेसको प्रयास :