चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1013 of 1151
  • 2026-11-21
  • 09:50:37
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दलहरु सम्मिलित उच्चस्रतीय संयन्त्रको संयोजक बन्नुभएका ओलीले सरकारका न्युनतम् साझा कार्यक्रम, मन्त्रिमण्डल बिस्तारलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बुझिएको छ । सरकारलाई समर्थन गरेका चार दलले बिहीबार एमाले अध्यक्ष ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउँदै न्युनतम् पाँच दिनभित्र साझा कार्यक्रम बनाउने निर्णय गरेको थियो ।

News by प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता :