कोरोना रोकथामका लागि भारतमा कडाइ, यस्तो छ मोदी सरकारको निर्णय - Chaitanya News
  • 2026-05-02
  • 12:31:45
  • शनिबार,बैशाख १९, २०८३
  • कोरोना रोकथामका लागि भारतमा कडाइ, यस्तो छ मोदी सरकारको निर्णय

    कोरोना रोकथामका लागि भारतमा कडाइ, यस्तो छ मोदी सरकारको निर्णय

    काठमाडौं– कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको बेला भारतमा कडाइ गरिएको छ।

    प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले विभिन्न ५ देशबाट आउन चाहने यात्रुलाई अनिवार्य आरटी–पीसीआर गर्ने नियम लागू गरेको छ। यस्ता देशमा चीन, जापान, साउथ कोरिया, सिंगापुर, थाइल्यान्ड रहेका छन्।

    केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मन्डावियाले १ जनवरीदेखि कडाइ गर्ने मापदण्ड लागू गरिएको जानकारी दिए । भारत आउनेले यात्रा गर्नुअघि पीसीआर रिपोर्ट प्रविष्ट गर्नुपर्नेछ।

    भारतमा अन्तर्राष्ट्रिय उडानबाट आउने २ प्रतिशत यात्रुमा नमूना परीक्षण हुँदै आएको छ। पछिल्ला केही दिनयता चीन, जापान लगायत देशमा कोरोना बढ्दै गएपछि भारतले कडाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नमूना परीक्षणमा १५० यात्रुमध्ये १ जनामा कोरोना पोजेटिभ पाइने गरेको जनाइएको छ।
    भारतमा जनवरीदेखि कोरोना बढ्नसक्ने अनुमान गरिएको छ। आगामी केही दिन भारतका लागि कठिन हुनसक्ने अनुमान भारतीय सञ्चारमाध्यममा उल्लेख छ।