काठमाडौं, पुस १४ । महान्यायाधिवक्तामा नियुक्त भएका डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधवार नियुक्त गरेकी थिइन्। उनलाई बिहीबार शपथ खुवाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।