प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता - Chaitanya News
  • 2026-04-26
  • 08:31:13
  • आइतबार,बैशाख १३, २०८३
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सत्तारुढ दलहरु सम्मिलित उच्चस्रतीय संयन्त्रको संयोजक बन्नुभएका ओलीले सरकारका न्युनतम् साझा कार्यक्रम, मन्त्रिमण्डल बिस्तारलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बुझिएको छ ।

    सरकारलाई समर्थन गरेका चार दलले बिहीबार एमाले अध्यक्ष ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउँदै न्युनतम् पाँच दिनभित्र साझा कार्यक्रम बनाउने निर्णय गरेको थियो ।