चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 591 of 1153
  • 2026-11-22
  • 22:58:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटेको काममा सफलता नमिल्न सक्छ। खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। ढिलै भए पनि काम सम्पन्न हुनेछ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला। सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते बिभिन्न अवसर आउनाले मन प्रसन्न रहने छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ। बौद्धिकताको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्ने छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउने छ। नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्‍याउनु होला। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका वैदेशिक कार्य अघि बढ्ने छ। शेयर मार्केटमा पनि सफलता मिल्ने छ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। व्यापार व्यवसायबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग पनि छ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने छ। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज धार्मिक र सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ। विद्यामा पनि सफलता मिल्नेठ छ। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ। प्राविधिक काममा बढी सफलता मिल्ने छ।