खाना अपचको समस्या छ भने यस्तो उपाए गर्नुहोस - Chaitanya News
  • 2026-05-04
  • 12:14:42
  • सोमबार,बैशाख २१, २०८३
  • खाना अपचको समस्या छ भने यस्तो उपाए गर्नुहोस

    खाना अपचको समस्या छ भने यस्तो उपाए गर्नुहोस

    एजेन्सी– खराब जीवनशैली तथा खानपानले पाचन प्रणालीमा नराम्रो असर पारेको हुन्छ। जसले गर्दा खाना पचाउन पनि समस्या हुने गर्छ। तपाईंलाई पनि खाना पचाउने सम्बन्धी केही समस्या छ भने यहाँ बताइएका चीज खानुहोस्।

    पानी:
    पानी शरीरका लागि एकदमै अत्यावश्यक चीज हो। शरीरमा पानीको कमी हुँदा कब्जियत र ग्यासको समस्या हुन थाल्छ। त्यसैले पेटलाई स्वस्थ राख्नका लागि सबैभन्दा पहिला प्रसस्त पानी पिउनुहोस्।

    अदुवा:
    खानालाई छिटो पचाउन अदुवाको सेवन गर्न सकिन्छ। अदुवामा पाइने तत्वले पेटसँग जोडिएका समस्या कम गर्छ। यसका लागि तपाईं अदुवा चिया पनि पिउन सक्नुहुन्छ। वा खानासँगै सानो टुक्रा अदुवा सेवन गर्न सक्नुहुन्छ।

    दही:
    दही खाँदा पनि पाचन प्रक्रियालाई फाइदा गर्छ। दही एउटा प्रोबायोटिक फुड हो जसले शरीरमा राम्रो ब्याक्टेरिया बनाउने काम गर्छ। यी ब्याक्टेरियाले खाना पचाउने काम गर्छन्।

    हींग:
    खाना छिटो पचाउन चाहनुहुन्छ भने हींग खानुहोस्। हींगमा एन्टीअक्सीडेन्ट तथा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ जसले ग्यास तथा अपचको समस्या निको बनाउँछ। यसका लागि हींगलाई पानीमा मिसाएर पिउनुहोस्।

    अमला:
    अमला खाँदा पनि खाना सजिलोसँग पच्छ। यसमा पाइने फाइबरले पाचन प्रणालीलाई राम्रो बनाउँछ।

    हिँड्डुल:
    कतिपय मानिस खाना खाएपछि तुरुन्तै सुत्ने गर्छन्। यसो गर्नु स्वास्थ्यका लागि एकदमै नराम्रो कुरा हो। त्यसैले खाएको केहीबेरपछि हल्का हिँड्नु आवस्यक छ। जसले गर्दा खाना पचाउन सजिलो हुन्छ।