जाडोमा यी भिटाभिनको कमीले फुट्छ छाला - Chaitanya News
  • 2026-05-04
  • 12:15:06
  • सोमबार,बैशाख २१, २०८३
  • जाडोमा यी भिटाभिनको कमीले फुट्छ छाला

    जाडोमा यी भिटाभिनको कमीले फुट्छ छाला

    एजेन्सी– जाडोको मौसममा छाला फुट्ने समस्या सामान्य हो। तर, के तपाईंलाई थाहा छ? शरीरमा कतिपय भिटामिनको कमीका कारणले पनि छाला फुट्ने समस्या हुन्छ।

    भिटामिन सीले शरीरमा कोलेजन निर्माण गर्दछ। यस्तोमा शरीरमा भिटामिन सी को कमी हुँदा छाला फुट्न थाल्छ। भिटामिन सीको कमी पूरा गर्न कीवि, सुन्तला, अमला जस्ता फल सेवन गर्न सकिन्छ।

    त्यस्तै भिटामिन एको कमी हुँदा पनि छाला फुट्न थाल्छ। यसको कमी हुँदा शरीर सुन्निने तथा घाउ आउने पनि हुन्छ। शरीरमा भिटामिन ए को कमी पूरा गर्न शखरखण्ड, पालक, गाजर, अन्डा तथा रंगीविरंगी तरकारी खानु पर्छ।

    भिटामिन डी पनि छालाका लागि एकदमै फाइदाजनक हुन्छ। शरीरमा यसको कमी हुँदा छाला फुट्ने गर्छ। शरीरमा भिटामिन डी को कमी पूरा गर्न घाममा बस्ने, सूर्यमुखीको बीज, दुग्धजन्य पदार्थ तथा एवोकाडो खान सकिन्छ।

    त्यस्तै भिटामिन ई पनि छालाका लागि एकदमै आवश्यक हुन्छ। यसको कमी हुँदा पनि छाला एकदमै सुख्खा हुने गर्छ। त्यसैले यसको कमी पूरा गर्न एवोकाडो तथा नट्सहरुको सेवन गर्न सकिन्छ।