काठमाडौं– जाडोयाममा अदुवा राखेर बनाइएको चिया सबैको प्रिय हुन्छ। रुघा–खोकि लाग्दा प्रायः अदुवा हालेर चिया अथवा काँडा पिउने सल्लाह दिइन्छ। आयूर्वेदमा पनि अदुवालाई औषधिको रुपमा प्रयोग गरिन्छ।
अदुवामा पर्याप्त मात्रा भिटामिन सी, क्याल्शियम, फस्फोरस, आइरन, जिन्क, कपरजस्ता पोषक तत्व पाइन्छ। जाडोयाममा अदुवा सेवनका विभिन्न फाइदाहरु छन्।
अदुवामा पर्याप्त मात्रामा पोषक तत्वका साथै एन्टिअक्सीडेन्ट गुण पाइन्छ, जसले प्रतिरोधक क्षमता बलिया गर्न सहयोग पुर्याउँछ। त्यसैले रुघा–खोकि, घाँटि खस्खसाउने समस्या हुँदा अदुवासहितका खानेकुरा खाने सल्लाह दिइन्छ।
पाचन प्रणाली:
अदुवामा जिन्जरोल नामक कम्पाउण्ड पाइन्छ, जुन पेटका लागि राम्रो मानिन्छ। ग्यास, एसिडिटी, पेट फुल्ने अथवा ब्लोटिङ जस्ता पेटसंग सम्बन्धित रोगबाट राहत पाउनका लागि अदुवा सेवन गर्नु पर्छ।
ब्लड प्रेसर:
अदुवामा पर्याप्त मात्रामा पोटाशियम र एन्टी–अक्सीडेन्ट पाइन्छ, जसले शरीरमा ब्लड प्रेसरको स्तरलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ। ब्लड प्रेसरको समस्या भएका मानिसले भोजनमा अदुवालाई समावेश गर्नु पर्छ।
वजन नियन्त्रण:
अदुवामा एन्टी–इन्फ्लामेटरी, एन्टी–अक्सीडेन्ट गुण पाइन्छ, जुन वजन कम गर्नका लागि फाइदाजनक हुन्छ। अदुवाको सेवनले क्यालोरी छिट्टै बर्न हुन्छ। यदि तपाईँ मोटोपनको समस्याको सामना गरिराख्नु भएको छ भने आजदेखि नै अदुवाको सेवन गर्न थाल्नु होला।
स्वास्थ्य मुटु:
अदुवामा भिटामिन, मिनरल्स र अमीनो एसिड पाइन्छ, जसले शरीरमा रगतको सर्कुलेशनलाई स्वस्थ्य राख्नमा सहयोग पुर्याउँछ। अदुवा खानाले हृदयघात, हर्ट स्ट्रोकको खतरा कम हुन्छ। त्यसैले मुटुलाई स्वास्थ्य बनाइ राख्नका लागि अदुवा खान आवश्यक छ।