जाडोमा छाला कालो देदा के गर्ने? - Chaitanya News
  • 2026-05-04
  • 12:15:07
  • सोमबार,बैशाख २१, २०८३
  • जाडोमा छाला कालो देदा के गर्ने?

    जाडोमा छाला कालो देदा के गर्ने?

    एजेन्सी– जाडोको समयमा सबैलाई घाममा बस्न एकदमै मन पर्छ जसले गर्दा छाला जलेर कालो हुन थाल्छ। त्यसैले जाडोमा कालो भएको छालामा प्राकृतिक चमक वा गोरोपन ल्याउनका लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ।

    दैनिक रुपमा एलोवेरा जेल लगाएर अनुहारमा १५ मिनेटका लागि राख्ने। यसले छाला जलेर कालो भएको समस्याबाट छुट्कारा दिन्छ।

    तपाईं कालो भएको छालामा दही र बेसारको मिश्रण पनि लगाउन सक्नुहुन्छ। यसलाई जलेको ठाउँमा लगाएर १५ मिनेट राख्नुहोस् र सफा पानीले धुनुहोस्। दैनिक रुपमा यस्तो गर्नाले तपाईंको छालामा प्राकृतिक निखार आउँछ।

    त्यस्तै यदी चिल्लो छाला छ भने आलुको रसको प्रयोग पनि गर्न सकिन्छ। यदी तपाईंको छाला सुख्खा छ भने यसको प्रयोग गर्नबाट जोगिनुहोस्।

    तपाईं जलेको छालालाई चम्काउनका लागि दही र टमाटरको मिश्रण पनि लगाउन सक्नुहुन्छ। दहीले छाला मोइस्चर गराउँछ भने टमाटरले जलेको ठाउँमा चमक ल्याउँछ।