1. जलवायु परिवर्तनको प्रभाव कम गर्नका लागि विश्वको ध्यानकर्षण गर्न पानीमुनि मन्त्रिपरिषद्को बैठक गर्ने राष्ट्र कुन हो ?
A. भुटान B. जापान C. माल्दिभ्स D. बंगलादेश
2. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ?
A.लुना २ B. लुना १ C. लुना ३ D. लुना ४
3. युफ्रेट्स र टिग्रिस नदीको दोभानमा रहेको सहर कुन हो ?
A. सिड्नी B. लण्डन C. दोहा D. बगदाद
4. निम्न लिखित जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
महादेश विशेषता
a. युरोप 1. चिसो हावापानी
b. अफ्रिका 2. सक्रिय ज्वालामुखी विहीन
c. अष्ट्रेलिया 3. मुलुकविहिन
d.अन्टार्कटिका 4. मरुभुमि विहिन
A ) 1a,2d,3c,4b B) 1c,2b,3a,4d C) 1d,2a,3b,4c D) 1b,2c,3d,4a
5. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. आधुनिक ओलम्पिकको आयोजना गर्ने पहिलो देश – ग्रीक
२. चन्द्रमा मानिस पठाउने पहिलो देश – अमेरिका
३. अन्तरिक्षमा कृत्रिम भूउपग्रह पठाउने देश – रसिया
A. २,३ मात्र सहि B. १,३ मात्र सहि C. १,२ मात्र सहि D. सबै सहि
6. एक गाउँ एक उत्पादन कार्यक्रम (OVOP) हाल नेपालका कति जिल्लामा सञ्चालित रहेको छ ?
A. ७७ जिल्लाा B. ३२ जिल्ला C. ६६ जिल्ला D. ४२ जिल्ला
7. संयुक्त राष्ट्रसंघमा मान्यता प्राप्त ६ भाषाको सूचिमा देहायका मध्ये कुन भाषा पर्दैन ?
A. अरबी B.स्पेनीस C.जापानीज D. फ्रेन्च
8. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्याले बोल्ने भाषा कुन हो ?
A. नुराङ B. कुसुण्डा C. बनकरिया D. राउटे
9. पहाडी जिल्लाबाट हिमाली जिल्लामा स्तोरन्नती हुने सबैभन्दा पछिल्लो हिमाली जिल्ला कुन हो ?
A. गोर्खा B. म्याग्दी C. धादिङ D. रुकुम पुर्व
10. अमेरिकी राष्ट्रपति जोन फिट्जेराल्ड केनेडीको गोली हानी कहिले हत्या गरिएको थियो ?
A. सन् १९७५ नोभेम्बर ४ B. सन् २००७ डिसेम्बर २७
C. सन् १९५९ नोभेम्बर २२ D. सन् १९५९ नोभेम्बर २०
11. विश्वमा सर्वप्रथम नोबेल पुरस्कार पाउने महिलाहरु वीच जोडा मिलाउनुहोस् ।
नोवेल पुरस्कार महिलाहरु
a. साहित्य तर्फ 1. मेरी क्युरी
b. शान्ति तर्फ 2. सेल्मा लागरलोफ
c. अर्थशास्त्र तर्फ 3. इलिनोर ओस्ट्रोम
d. भौतिकशास्त्र तर्फ 4. वेर्था भन सटनर
5. गर्टी थेरेसा
A) a1,b2,c3,d5 B) a2,b4,c3,d1 C) a2,b1,c3,d4 D) a4,b5,c1,d3
12. Economic Freedom Index, 2023 मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. ९५ औ B. १४२ औ C. १४५ औ D. १४० औ
13. तलका भनाई मध्ये कुन गलत छ ?
A. मिस नेपाल, २०२३ को उपाधी जित्ने सुन्दरी श्रीच्छा प्रधान हुन ।
B. टर्कीमा शक्तिशाली भूकम्प सन,२०२३ फेबु्रअरी मा गएको हो ।
C. नेपाल धेरै रेमिटेन्स भित्र्याउने मुलुकमा २३ औ स्थानमा रहेको छ ।
D. नेपालसँग दौत्य सम्बन्ध कायम भएको राष्ट्र नाउरु हो ।
14. बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्य भिषेक कहिले भएको हो ?
A. सन् २०२३ मे ६ B. सन् २०२३ मे ७ C. सन् २०२३ मे ९ D. सन् २०२६ मे ८
15. एक अर्कोको ऐनामा देखिने प्रतिबिम्ब (Mirror Image) हुने आकार भएका महादेशहरु कुन कुन हुन ?
A. अफ्रिका र दक्षिण अमेरिका B. अफ्रिका र एशिया
C. एशिया र दक्षिण अफ्रिका D.अफ्रिका र उत्तर अमेरिका
16. विश्व रक्तदान दिवस कहिले (World Blood Donor Day) पर्दछ ?
A. जुन ११ B. जुन १२ C. जुन १३ D. जुन १४
17. दिइएका मध्ये कुन ग्रह काला चट्टानहरुबाट निर्माण भएको हो ?
A. शुक्र B. पृथ्वी C. अरुण D. वरुण
18. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा सानो संरक्षण क्षेत्र कुन हो ?
A. कृष्णसार संरक्षण क्षेत्र B. अपिनान्पा संरक्षण क्षेत्र
C. मनास्लु संरक्षण क्षेत्र D.कञ्चनजंघा
19. दिगो विकास लक्ष्यमध्ये तलको कुन कथन गलत छ ?
A. दिगो विकासका जम्मा १७ लक्ष्य रहेका छन ।
B.सन् २०१६ देखि २०३० सम्मको लागि तय गरिएको
C. दिगो विकास लक्ष्यको लक्ष्य नं. ९ मा दिगो आर्थिक वृद्धि रहेको छ ।
D.नेपालले २०३० सम्म गरिब ६ % सम्म झार्ने लक्ष्य राखेको छ ।
20. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. सौर्यकिरणबाट उपचार गर्ने विधिलाई हेलियोथेरापि भनिन्छ ।
२. वंशज र परिवृतिको बारेमा अध्ययन गर्ने जीवविज्ञानको शाखालाई Genetics विज्ञान भनिन्छ ।
३. रक्त संचारका पिता भनेर विलियम हार्वेलाई चिनिन्छ ।
A. सबै सहि B. सबै गलत C. १,२ सहि ३ गलत D. २,३ सहि १ गलत
उत्तरहरुः
1. C 11. B
2. A 12. B
3. D 13. C
4. C 14. A
5. D 15. A
6. D 16. D
7. C 17. B
8. B 18. A
9. B 19. B
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 145