जाडोयाममा चिनीभन्दा शख्खरको चिया पिउँदा हुन्छ यी फाइदा - Chaitanya News
  • 2026-07-17
  • 14:17:06
  • शुक्रबार,साउन ०१, २०८३
  • जाडोयाममा चिनीभन्दा शख्खरको चिया पिउँदा हुन्छ यी फाइदा

    जाडोयाममा चिनीभन्दा शख्खरको चिया पिउँदा हुन्छ यी फाइदा

    काठमाडौं– पोषक तत्वले भरिपूर्ण शख्खर स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक हुन्छ। शख्खरलाई जाडोयामको सुपरफूड पनि भनिन्छ।
    शख्खरमा आइरन, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम, पोटाशियम, जिन्क जस्ता सम्पूर्ण पोषक तत्व पाइन्छ।

    शख्खरलाई आफ्नो डाइटमा विभिन्न प्रकारले समावेश गर्न सकिन्छ। जाडोयाममा लगातार शख्खरको चिया पिउनाले विभिन्न रोगहरुबाट राहत पाउन सकिन्छ।

    महिलाहरुमा महिनावारीको क्रममा पेट दुख्ने, छटपट हुने आदि समस्या हुन्छ। यस्तो अवस्थामा शख्खरको चिया अत्यन्त लाभदायक हुन्छ।

    शख्खरको चियाका अन्य फाइदाहरु पनि छन्।

    पाचनका लागि:
    जाडोयाममा शख्खरले पाचनका लागि औषधिको रुपमा काम गर्छ। कब्जियतको समस्या छ भने दिनहुँ शख्खरको चिया पिउन सकिन्छ। यसले पाचन प्रणाली बलियो बनाउनुको साथै कब्जियतको समस्याबाट पनि राहत पाउन सकिन्छ। शख्खरको चिया खाँदा स्वादिलो पनि हुन्छ।

    शरीरमा रगत बढाउँछ:
    एन्टीअक्सीडेन्टले भरिपूर्ण शख्खरको चिया शरीरमा विभिन्न समस्यालाई कम गर्न सहयोग पुर्याउँछ। चिसोको मौसममा नियमित रुपले शख्खरको चिया पिउनाले मौसमी रोगहरुबाट बच्न सक्छ। शख्खरमा आइरनको मात्रा पनि पर्याप्त हुन्छ। जसले शरीरमा रक्त कोशिका निर्माणमा सहयोग पुर्याउँछ। एनिमियाका विरामीले शख्खरको चिया पिउनु आवश्यक छ। यसो गर्दा शरीरमा हेमोग्लोबिनको स्तर बढ्छ।

    प्रतिरोधक क्षमता बलियो:
    जुन मानिसको प्रतिरोधक क्षमता कमजोर हुन्छ, उनीहरुले विभिन्न किसिमका रोगको सामना गर्नु पर्छ। त्यस्ता मानिसले जाडोयाममा तातो शख्खरको चियाको फाइदा उठाउनु पर्छ। यसो गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ।

    वजन घटाउनका लागि:
    जाडोयाममा वजन कम गर्न सजिलो छैन। यस्तो स्थितिमा शख्खर सहयोग हुन सक्छ। पर्याप्त मात्रामा शख्खर खानाले मेटाबलिज्म बढ्छ, जसले वजन कम हुन सहयोग पुर्याउँछ।

    शरीरका टक्सिक पदार्थ बाहिर निकाल्छ:
    शख्खरले शरीरमा समावेश टक्सिक पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ। यसका लागि शख्खरको चिया आफ्नो डाइटमा समावेश गनु पर्छ।