१. नेपालसँग द्विपक्षीय हवाई सम्झौता भएका मुलुक कति वटा रहेका छन् ? – ४२ २. सघन शहरी विकास कार्यक्रम कति वटा नगरपालिकामा लागू गरिएको छ ? – १ सय ५ ३. नेपालमा शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत रहेको छ ? – ४० प्रतिशत ४. नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसंख्या कति प्रतिशत रहेको छ ? – ८ दशमलव ५ प्रतिशत ५. मध्यपहाडी लोकमार्गको कूल लम्बाइ कति रहेको छ ? – १ हजार ८ सय ७९ किलोमिटर ६. राष्ट्रिय याक दिवस कहिले मनाइन्छ ? – वैशाख ७ गते ७. दिगो विकास लक्ष्यको उपलब्धि मापन गर्ने उत्पादनशील क्षमता सूचकाङ्कमा नेपालको औसत स्कोर कति रहेको छ ? – ४० दशमलव ४ (अतिकम विकसित राष्ट्रको औसत सूचकाङ्क ३० दशमलव ९ छ भने विकासशील राष्ट्रको औसत सूचकाङ्क ४६ दशमलव ८ रहेको) ८. साक्षर प्रदेश घोषित प्रदेशहरु कुन–कुन हुन् ? – कोशी, गण्डकी र वागमती ९. विश्वको कूल भू–भागको कति प्रतिशत क्षेत्रफल वन क्षेत्रले ओगेटेको छ ? – ३१ प्रतिशत १०. सामुदायिक विद्यालयमा प्रतिशिक्षक विद्यार्थी संख्या कति रहेको छ ? – २४ ११. राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ? – माघ १ गते १२. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकहरु कति वटा रहेका छन् ? – १ सय ८३ (पछिल्लो मुलुक किरिबाटी) १३. राज्यले अवलम्बन गरेको समावेशी नीति अनुरूप रेडियो नेपालबाट कति वटा भाषामा समाचार प्रसारण हुने गरेको छ ? – २५ वटा १४. ‘क्षयरोग मुक्त नेपाल अभियान’ कति वटा स्थानीय तहमा विस्तार भएको छ ? – १ सय ४९ वटा १५. शैक्षिक सत्र–२०८१ मा कक्षा ८ सम्मको टिकाउ दर कति रहेको छ ? – ८६ दशमलव ५ प्रतिशत १६. तराई मधेस समृद्धि कार्यक्रम कति वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ ? – २ सय ७८ वटा १७. अस्ट्रेलियाको पहिलो महिला प्रधानमन्त्री को हुन् ? – जुलिया गिलार्ड १८. पद्मश्री साहित्य पुरस्कारको प्रारम्भिक सूचीमा परेका १५ पुस्तक कुन–कुन हुन् ? -शैलेन्द्र अधिकारीको उपन्यास अर्हत -छुदेन काविमोको आख्यान उरमाल -रमेश क्षितिजको कथा संग्रह एउटा मायी नगरमा -रमेश भुसालको गैरआख्यान छालबाटो -भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा -पञ्चम अधिकारीको आख्यान प्रवासीको देश हुन्न -दिनेश अधिकारीको कविता पानीको परेड -श्रेयज सुवेदीको कथासंग्रह बहुरूपी -टंक चौलागाईंको उपन्यास रुदाने -सरस्वती प्रतीक्षाको उपन्यास स्व -हेम प्रभासको कविता साँझमा सेल्फी -डा. श्रीधर खनालको उपन्यास सावर्णी -वसन्त बस्नेतको आख्यान सिमसारा -हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा -तीर्थ गुरुङको उपन्यास हिउँको गीत


