लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 20:50:59
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. ‘रिम्पुदिनी’ नाँच कुन जातिको प्रसिद्ध नाँच हो ?
    A) तामाङ B) शेर्पा C) गुरुङ D) चेपाङ

    2. १६ औ योजनाले योजनाको अन्त्य सम्म लैङ्गिक विकास सूचकांक कति पु¥याउने लक्ष्य लिएको छ ?
    A. ०.८८५ B. ०.९६७ C. ०.८६७ D. ०.९७७

    3. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?
    A. १५१ जना B. १५२ जना C. १५३ जना D. १५४ जना

    4. राष्ट्रिय जनगणना,२०७८ अनुसार जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    जिल्ला साक्षरता दर (प्रतिशत)
    a. रौतहट 1. ५९.७७
    b. महोत्तरी 2. ५७.७५
    c. सर्लाही 3. ६३.८४
    d. हुम्ला 4. ६०.३१
    A) a2,b1,c4,d3 B) a1,b2,c3,d4 C) a2,b3,c1,d4 D) a3,b1,c4,d2

    5. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए(अन्ना) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
    A. सन् २०१६ मार्च २३ B. सन् २०१६ जुन २३ C. सन् २०१६ जुलाई २३ D. सन् २०१६ मे २३

    6. दिगो विकास लक्ष्य प्राप्तिमा सन् २०३० को लक्ष्यको तुलनामा नेपालको उपलब्धि कति प्रतिशत रहेको छ ?
    A) 41.4% B) 45.1% C) 50.1% D) 40.1%

    7. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार जम्मा सार्वजनिक संस्थान कति रहेका छन् ।
    A. ४० प्रतिशत B. ४५ प्रतिशत C. ४१ प्रतिशत D. ४४ प्रतिशत

    8. निम्नलिखित कथनहरु विचार गर्नुहोस् ।
    १.श्वासप्रश्वास क्रियाले पृथ्वीमा चल्ने कार्बनचक्र मा कार्बनडाईअक्साईड बढाउने काम गर्दछ ?
    २.जैविक पदार्थको अपक्षय क्रियाले पृथ्वीमा चल्ने कार्बनचक्रमा कार्बनडाईअक्साईड बढाउने काम गर्दछ ।
    ३.प्रकाश संश्लेषण क्रियाले पृथ्वीमा चल्ने कार्बनचक्र मा कार्बनडाईअक्साईड बढाउने काम गर्दछ ।
    माथिका कथनहरुमा कुन कुन कथनहरु ठिक छन ?
    A. १ र २ B. १ र ३ C. २ र ३ D. सबै सहि

    9. मंकीपक्सको भाईरसलाई विश्व स्वास्थ्य संगठनले कहिले स्वास्थ्य संकटबाट हटाएको हो ?
    A. सन् २०२३ मे ११ B. सन् २०२३ जुलाई ११
    C. सन् २०२३ मार्च ११ D. सन् २०२३ जनवरी ११

    10. निम्न लिखित कथनहरू बारेमा विचार गर्नुहोस्‌ ।
    1. पृथ्वी पूर्वबाट पश्चिमतिर घुम्छ ।
    2. पृथ्वी पश्चिमबाट पुर्वीतिर घुम्छ ।
    3. भूमध्य रेखामा सबैभन्दा बढी गर्मी हुन्छ ।
    4. प्रत्येक १ डिग्री देशान्तरमा ४ मिनेटको समय फरक पर्दछ ।
    माथि उल्लेखित कथनहरू कुन ठीक हो/हुन्‌ ?
    A. 1,2 र 3 मात्र B. 2 मात्र C. 2,3 र 4 मात्र D. 2 र 3 मात्र

    11. केटु – १८ वी देहायका मध्ये कुन सँग सम्बन्धित छ ?
    A. कार्बनडाईअक्साईड आयात गरी पानीमुनी भण्डार गर्न डेनमार्कले बनाएको स्थान
    B. जापानले अन्तरिक्षमा मुसाको भ्रुण विकास गर्ने लिएको नीति
    C. सन् २०२३ मा नासााका वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ ग्रह
    D. विश्वको सबैभन्दा गहिरो र ठूलो भूमिगत प्रयोगशाला

    12. रसायनशास्त्रको नोबल पुरस्कार, २०२३ कसलाई प्रदान गरिएन ?
    A. अलेक्सी एकिमाभ B. लुईस ई ब्रुस C. मुङ्गी जी बावेन्डी D. मोर्टेन मेल्डल

    13. प्रतिनिधिसभा निर्वाचन, २०७९ मा निर्वाचित महिला संसदको संख्या कति रहेको छ ?
    A. १० जना B. ९ जना C. ११ जना D. ७ जना

    14. धारा २४८ बमोजिम राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षका अरिरिक्त कति जना सदस्य हुने व्यवस्था छ ?
    A. १ जना B. २ जना C. ५जना D. ४ जना

    15. तलका मध्ये प्रदेशको अधिकार क्षेत्रभित्र नपर्ने विषय कुन हो ?
    A. संङ्ग्राहलय B. उच्च शिक्षा C. प्रदेश विश्वविद्यालय D.विश्व विद्यालय मापदण्ड र नियमन

    16. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    आविष्कार आविष्कारक
    1. हेलीकप्टर – बे्रक्वेट
    2. क्यामेरा – जोसेफ नियसी
    3. कोडाक फिल्म – जर्ज ईष्टमेन
    4. हिलियम ग्यास – रेमजे
    माथि दिइएका जोडाहरुमा कुन जोडा सहि छन ।
    A. सबै सहि B. ३ र ४ C. १,२ र ३ D. २ र ४

    17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    उपनाम नाम
    a. फिष्टे महाराज 1. त्रैलोक्य
    b. बुलेट महाराज 2. रणबहादुर शाह
    c. राजर्षि महाराज 3. चन्द्र शमशेर
    d. स्वामी महाराज 4. जुद्ध शमशेर
    A) a3,b1,c4,d2 B) a3,b1,c2,d4 C) a2,b4,c1,d3 D) a1,b2,c3,d4

    18.नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो ?
    A. पञ्चकाल B. राणा काल C. लिच्छवीकाल D. मल्लकाल

    19.तल दिइएका मध्ये कुन जोडा गलत छ ?
    मातृभाषा लिपिहरु
    A. भोजपुरी भाषा – कैथी B. मैथली भाषा – तिरुहुता
    C. पाली भाषा – सिरिजङगा D. नेवारी भाषा – भुजिमोल

    20.सार्वजनिक परियोजनाका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरी कानून बनाउन सक्ने व्यवस्था कुन धारामा उल्लेख छ ?
    A. धारा २९ B. धारा ३० C. धारा ३८ D. धारा २५

    उत्तरः
    1. B 11. C
    2. B 12. D
    3. A 13. B
    4. A 14. D
    5. B 15. D
    6. A 16. A
    7. B 17. A
    8. B 18. B
    9. A 19. B
    10.C 20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100