लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 03:30:23
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. नेपालसँग द्विपक्षीय हवाई सम्झौता भएका मुलुक कति वटा रहेका छन् ?
    – ४२
    २. सघन शहरी विकास कार्यक्रम कति वटा नगरपालिकामा लागू गरिएको छ ?
    – १ सय ५
    ३. नेपालमा शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
    – ४० प्रतिशत
    ४. नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसंख्या कति प्रतिशत रहेको छ ?
    – ८ दशमलव ५ प्रतिशत
    ५. मध्यपहाडी लोकमार्गको कूल लम्बाइ कति रहेको छ ?
    – १ हजार ८ सय ७९ किलोमिटर
    ६. राष्ट्रिय याक दिवस कहिले मनाइन्छ ?
    – वैशाख ७ गते
    ७. दिगो विकास लक्ष्यको उपलब्धि मापन गर्ने उत्पादनशील क्षमता सूचकाङ्कमा नेपालको औसत स्कोर कति रहेको छ ?
    – ४० दशमलव ४ (अतिकम विकसित राष्ट्रको औसत सूचकाङ्क ३० दशमलव ९ छ भने विकासशील राष्ट्रको औसत सूचकाङ्क ४६ दशमलव ८ रहेको)
    ८. साक्षर प्रदेश घोषित प्रदेशहरु कुन–कुन हुन् ?
    – कोशी, गण्डकी र वागमती
    ९. विश्वको कूल भू–भागको कति प्रतिशत क्षेत्रफल वन क्षेत्रले ओगेटेको छ ?
    – ३१ प्रतिशत
    १०. सामुदायिक विद्यालयमा प्रतिशिक्षक विद्यार्थी संख्या कति रहेको छ ?
    – २४
    ११. राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ?
    – माघ १ गते
    १२. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकहरु कति वटा रहेका छन् ?
    – १ सय ८३ (पछिल्लो मुलुक किरिबाटी)
    १३. राज्यले अवलम्बन गरेको समावेशी नीति अनुरूप रेडियो नेपालबाट कति वटा भाषामा समाचार प्रसारण हुने गरेको छ ?
    – २५ वटा
    १४. ‘क्षयरोग मुक्त नेपाल अभियान’ कति वटा स्थानीय तहमा विस्तार भएको छ ?
    – १ सय ४९ वटा
    १५. शैक्षिक सत्र–२०८१ मा कक्षा ८ सम्मको टिकाउ दर कति रहेको छ ?
    – ८६ दशमलव ५ प्रतिशत
    १६. तराई मधेस समृद्धि कार्यक्रम कति वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ ?
    – २ सय ७८ वटा
    १७. अस्ट्रेलियाको पहिलो महिला प्रधानमन्त्री को हुन् ?
    – जुलिया गिलार्ड
    १८. पद्मश्री साहित्य पुरस्कारको प्रारम्भिक सूचीमा परेका १५ पुस्तक कुन–कुन हुन् ?

    -शैलेन्द्र अधिकारीको उपन्यास अर्हत

    -छुदेन काविमोको आख्यान उरमाल

    -रमेश क्षितिजको कथा संग्रह एउटा मायी नगरमा

    -रमेश भुसालको गैरआख्यान छालबाटो

    -भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा

    -पञ्चम अधिकारीको आख्यान प्रवासीको देश हुन्न

    -दिनेश अधिकारीको कविता पानीको परेड

    -श्रेयज सुवेदीको कथासंग्रह बहुरूपी

    -टंक चौलागाईंको उपन्यास रुदाने

    -सरस्वती प्रतीक्षाको उपन्यास स्व

    -हेम प्रभासको कविता साँझमा सेल्फी

    -डा. श्रीधर खनालको उपन्यास सावर्णी

    -वसन्त बस्नेतको आख्यान सिमसारा

    -हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा

    -तीर्थ गुरुङको उपन्यास हिउँको गीत

    (स्रोतः नेपाल समाचारपत्रको सोमबारीय अंकबाट साभार गरिएको लोकसेवा सामग्री)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100