लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 19:15:45
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. पृथ्वी दिवस, २०२५ को नारा के रहेको थियो ?
    A) ‘Planet vs. Plastic’
    B) “Invest in Our Planet.
    C) Sheikh Abubakar. Ecosystem of restoration ;
    D) “Our Power, Our Planet”
    2. तीन सय वर्ष सम्मको स्वतन्त्रताको प्रतिक्षा स्विकार्य छ । तर असत्य उपायबाट त्यसको प्राप्ति चाहिदैन । यो भनाई कसको हो ?
    A. महात्मा गान्धी B.  वाल वंगाधार तिलक C.  रविन्द्रनाथ टैगोर D.  लुई चौधो
    3. तल दिइएका जोडा वीच विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    1. केरुङ सन्धि -नेपाल र तिब्बत बीच
    2. वेत्रावती सन्धि – नेपाल र चीन वीच
    3. सुगौली सन्धि – नेपाल र ब्रिटिश वीच
    A.  १ र २ ठिक B. २ र ३ ठिक C. सबै ठिक D. १ र ३ ठिक
    4. ओलम्पिक झण्डामा भएको कालो रङले कुन महादेशको प्रतिनिधित्व गर्दछ ?
    A. उत्तर अमेरिका B.  दक्षिण अमेरिका C.  युरोप D.  अफ्रिका
    5. नेपाल राष्ट्र बैंकको स्थापना हुनु भन्दा पहिला यसले गर्ने काम कुन निकायले गर्दथ्यो ?
    A. सदर मुलुकी खाना B. कुमारी चोक C.  नेपाल बैंक लिमिटेड D.  कमाण्डरी कितावखाना
    6. सामाजिक सुरक्षा र गरीबी निवारण सम्बन्धी व्यवस्था संघीय इकाई मध्ये कसको अधिकारको सुची भित्र पर्दछ ?
    A. संघको अधिकारको सुचि B.संघ र प्रदेशको साझा अधिकारको सुचि
    C. प्रदेश अधिकारको सुचि D.संघ,प्रदेश र स्थानीय तहको अधिकारको सुचि
    7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. नेपाल नेट कार्यक्रम सञ्चालन गर्ने संस्था युनेस्को हो ।
    २. अन्टार्कटिकामा प्वाल परेको पत्ता लगाउने उपग्रहको नाम निम्बस ७ हो ।
    ३. नेपालले CITES  मा सन् १९७५ मा हस्ताक्षर गरेको थियो ।
    ४. पृथ्वी सम्मेलन ब्राजिलको रियो द जेनेरियोमा भएको थियो ।
    A. १ र २ सहि ३ र ४ गलतB.  १ मात्र गलत
    C.  २ र ३ मात्र गलत D.  १ र ४ मात्र गलत
    8. नेपालको तर्फबाट Comprehensive Nuclear Ban Treaty मा कसले हस्ताक्षर गरेका थिए ?
    A.गिरिजा प्रसाद कोईरलाB. मनमोहन अधिकारी
    C.प्रकाशचन्द्र लोहनी D. महेश आचार्य
    9. सिद्धार्थ राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?
    A.  अमेरिका B.  भारत C.  चीन D. बेलायत
    10.UNDP का अनुसार मानव विकास सुचकांकमा हाल नेपालको स्थान स्थान कति औ मा रहेको छ ?
    A.  १४५ औ B. १४६ औ C.  १४७ औ D.  १५० औ
    11. संयुक्त राष्ट्र संघले शान्ति स्थापनाका लागि सबैभन्दा बढी खर्च गरेको मुलुक कुन हो ?
    A.  कम्बोडिया B.  बंगलादेश C.  अष्ट्रिया D.  लेवनान
    12. युरोपेली संघका भाषामा सबै भन्दा पछि थपिएको भाषा कुन हो ?
    A.  स्पेनीश B.  स्विडेनी C. क्रोएशियाली D.  स्लोभाक
    13. पृथ्वीबाट सबैभन्दा पहिले अनुसन्धान गरिएको ग्रह कुन हो
    A. बुध B.  मंगल C.  बृहस्पति D.  शुक्र
    14.राष्ट्रिय जनगणना, २०७८ अनुसार कति प्रतिशत परिवारसँग स्मार्ट मोबाईल फोन रहेको छ ?
    A) 74.59% B) 60.50% C) 80.94%   D) 72.94%
    15. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा नयाँ जातजाति कति वटा रहेका छन ?
    a.  १५ वटा B.  १६ वटा C. २० वटा D.  १७ वटा
    16.अक्टोबर क्रान्तिको सफलता पछि बोल्सेविक सरकारले कहिले नयाँ संविधान निर्माण गरेको थियो ?
    A.  सन् १९१६ B. सन् १९१७ C.  सन् १९१८ D.  सन् १९१९
    17.पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले सम्पन्न भयो ?
    A.  २०८१ माघ १६ र १७ B.  २०८१ फागुन १६ र १७
    C. २०८१ चैत्र १६ र १७ D. २०८२ बैशाख  १६ र १७
    18. नागरिक वडापत्रका सन्दर्भमा तलका भनाई विचार गर्नुहोस्  ?
    १. सुरुवात बेलायतबाट सन्  1991 मा जोन मेजरले गरेका हुन ।
    २. नेपालमा वि.सं.२०६१ देखि विपन्न आय र निमुखालाई न्याय  नामक कार्यक्रमबाट सुरुवात भएको हो ।
    ३. वैधानिक रुपमा वि.सं.२०६४ सालबाट सुरुवात भएको हो ।
    ४.नेपालमा वि.सं.२०७० बैशाख २ गतेदेखि क्षतिपुर्ण सहितको नागरिक वडापत्रको सुरु भएको हो ।
    माथि दिइएका भनाईहरु मध्ये कुन गलत छ ।
    A. १ मात्र  B.  २ मात्र C.  ३ मात्र D. ४ मात्र
    19.Blue Planet Prize, 2024 को विजेता को हुन् ?
    A) Richard Thompson B) Robert Costanza
    C) Tamara Galloway D) Penelope Lindeque
    20. पृथ्वीका सम्बन्धमा सही भनाई छान्नुहोस् ।
    १) पृथ्वीले सूर्यलाई आफ्नो कक्षमा 30km/s को गतिमा परिक्रमण गर्दछ ।
    २) पृथ्वीको उपग्रहहरु मध्ये चन्द्रमा पनि एक हो ।
    A. १ सहि २ गलत B. दुवै सहि C.  १ गलत २ सहि D.  दुवै गलत
    उत्तरः
    1. A. 11. A
    2. A 12. C
    3. C 13. D
    4. D 14. D
    5. A 15. D
    6. D 16. C
    7. B 17. A
    8. C 18. B
    9. B 19. B
    10. A 20. B
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100